तेज प्रसाद पोख्रेल
चैत्र १५, दाङ । एस इ इ परिक्षा दिइरहेकी १८ वर्षकि गौरिकला रोकालाइ चैत्र १२ गते राती सुर्खेतमा ट्राफिक प्रहरी हरि प्रसाद कोइरालाले सामुहिक बलात्कार गरेर हत्या गरेको अमानवीय अपराधको सशक्त बिरोध गर्दै तुल्सिपुरमा आज अखिल (क्रान्तिकारी)ले र्याली निकालेको छ।
तुल्सिपुरको वाहिनी चोकबाट सुरु भयको र्याली घोराही चोकको परिक्रमा गरि वि पि चोकमा कोणसभा गरि समापन गरियको हो। कोणसभालाइ सम्बोधन गर्दै अखिल (क्रान्तिकारी ) दाङ्का सचिव अमर खड्काले विद्यार्थीहरु देशबिदेशमा असुरक्षित रहेका र अखिल ( क्रान्तिकारी ) मुकदर्शक भयर बस्न नसक्ने साथै पिडितलाइ न्याय दिलायरै छाड्ने बताउनु भयो।
त्यसैगरी अखिल नेपाल जनगणतान्त्रिक खेलकुद मोर्चाका केन्द्रिय सदस्य रुद्र वलिले सुरक्षा निकायबाट गरियका यस्ता अपराधिक कृयाकलापले जनताको सुरक्षा निकाय प्रती विस्वास हटेको बताउनु भयो। त्यसैगरी जिल्ला सदस्य तेज प्रसाद पोख्रेलले बोर्डिङ स्कुलले शिक्षामा व्यापार गरिरहेको र अभिभाबक,विद्यार्थी र शिक्षक तिनै पक्षलाई ठगेकाले कार्वाहिको दायरामा ल्याउने र खारेज सम्म गर्ने बताउनु भयो। कोणसभाको कार्यक्रम नारा जुलुस गरेर समापन भयको छ।











