काठमाडौं, १५ चैत । जबर्जस्ती करणीकै अभियोगमा सेवाबाट बर्खास्त भएका पूर्व नेपाली सेना फेरी करणीकै अभियोगमा प्रहरीको फन्दामा परेका छन् । पाल्पा तानसेनका अर्जुन कोइराला बुधबार नक्कली चिकित्सक भएर एक महिलालाई बलात्कार गरेको अभियोगमा फेरी पक्राउ परेका हुन् ।
महानगरीय प्रहरी वृत्त महाराजगञ्जले कोइरालालाई बुधबार काठमाडौँबाट पक्राउ गरेको हो। आमाको उपचार गर्न आएकी एक महिलालाई बलात्कार गरेको आरोपमा पक्राउ परेका कोइरालामाथि प्रहरीले हिरासतमा राखेर अनुसन्धान थालेको छ।
महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार आमाको उपचारका लागि सहिद गंगालाल हृदय रोग उपचार केन्द्रमा आएकी पीडित महिलालाई कोइरालाले चिकित्सक बनेर सम्पर्क बढाएका थिए। पीडित महिलालाई आफू गंगालाल अस्पतालकै चिकित्सक सन्तोष घले भएको बताएका कोइरालाले उपचारमा सहयोग गर्ने भन्दै निकटता बढाएका थिए।
‘चिनजानपछि एकदिन सानीआमाकोमा जाँउ भनि नयाँ बसपार्कमा रहेको होटलमा लगेर करणी गरेको खुलेको हो,’ परिसरका प्रवक्ता मोहन थापाले भने। उनका अनुसार कोइरालाले पीडित महिलालाई मोटरसाईकलमा राखी सानी आमाको घरभन्दै होटलमा पु¥याएका थिए।
कोइरालाले चैत ६ मा मित्रनगरमा रहेको होटल गोरखा फूलबारी गेष्ट हाउसमा लगेर धाकधम्की दिएर करणी गरेको पीडित महिलाले जाहेरीमा उल्लेख गरेकी छन्। महिलाको उजुरीपछि वृत्त महाराजगञ्जले अस्पतालमा रहेको क्लोज सर्किट क्यामरा ९सिसिटिभी० का दृश्यका आधारमा कोइरालाको पहिचान गरि खोजतलास गरेको थियो।
प्रहरीले मंगलबार सन्तोष घले भनेर नियन्त्रणमा लिएका कोइरालाले आफ्नो असली नाम ठेगाना खुलाएका थिए। उनले प्रारम्भिक बयानमा महिलालाई प्रभावित गर्न आफूले नाम समेत ढाटेर चिकित्सक बनेको बताएका हुन।
‘प्रहरी बयानमा घटनाको साबिती बयान दिएका छन्, वृत्तबाट थप अनुसन्धान भै रहेको छ,’ डिएसपी थापाले भने। उनका अनुसार कोइराला नेपाली सेनामा कार्यरत रहँदा समेत जर्वजस्र्ती करणी मुद्दामा कारबाही भएर बर्खास्तमा परेका थिए।











