दीपक बोहरा
तुलसीपुर १४ चैत । प्रतिनिधिसभा सदस्य हिराचन्द्र केसीले चुनाबी प्रतिबद्धता पुरा गरेरै छोड्ने बताएका छन् । मुक्तिनाथ बैंकको तुलसीपुर शाखाको उद्घाटन सत्रलाई सम्बोधन गर्दै सदस्य केसीले तीनै तहको सरकारले पूर्णता पाएसंगै अब आफुले चुनाबमा गरेका बाचा पुरा गर्ने बेला आएको उनले बताए ।
‘तीनै तहको सरकारले पुर्णता पाएको छ’ उनले भने‘ अब मुलुक समृद्धिको दिशा तर्फ अघि बढ्छ ।’ अब राजनीति लडाई सकिएको भन्दै अब आर्थिक बिकास र समृद्धिको लडाई रहेको बताए । उनले अब सबै निर्बाचित प्रतिनिधिहरुले आफ्ना चुनाबी बाचा पुरा गर्नुपर्ने बेला आएको उनको भनाई थियो ।
बैंकका कार्यकारी अधिकृत भरतराज ढकालको अध्यक्षतामा भएको बैंक उद्घाटन कार्यक्रममा बैंकका क्षेत्रीय प्रबन्धक बाबुराम ढकाल, पत्रकार शुसिल बस्नेत, तुलसीपुर उद्योग बाणिज्य संघका कार्यबहाक अध्यक्ष राम प्रशाद चालिसे, तुलसीपुरका पूर्ब मेयर ढुण्डिराज लामिछाने, माओवादी केन्द्रका शेशुराम भण्डारीलगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।
बैंकका कम्पनि सचिब दण्डपानी ढकालले स्वागत मन्तब्य ब्यक्त गरेको कार्यक्रमको सहजीकरण पत्रकार संगीत बस्यालले गरेका थिए । बैंक तुलसीपुरमा ७५ औं शाखाका रुपमा सञ्चालनमा आएको छ ।











