एजेन्सी, १४ चैत । उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनले चीनको भ्रमण गरेका छन् ।

kimचिनियाँ राष्ट्रपति सी जिनपिङको निमन्त्रणमा चीनको अनौपचारिक भ्रमणका लागि किम मार्च २५ (आइतबार) बेइजिङ आएको चिनियाँ सञ्चार माध्यामले जनाएका छन् । मंगलबार मात्रै जापानिज सञ्चार माध्यामले किम बेइजिङ आएको दाबी गर्दै खबर दिएका थिए ।

खबर अनुसार बेइजिङको ग्रेटहलमा सी र किमले भेटवार्ता गरेको बताइएको छ । सी र उनकी पत्नी पेङ लियुनले किम र उनकी पत्नी ‘री सोल जु’लालाई स्वागत गरी बैंक्वट संयुक्त रुपमा साँस्कृतिक कार्यक्रम हेरेका थिए ।

यी कार्यक्रमहरुमा चिनियाँ ९प्रिमियर०प्रधानमन्त्री, उप–राष्ट्रपति, चिनियाँ कम्युनिष्ट पार्टीका स्थायी समितिका नेताहरुको सहभागिता रहेको चिनियाँ सञ्चार माध्यामले खबर दिएका छन् ।