जाजरकोट, १३ चैत । नलगाड पहुँच मार्ग निर्माण भइरहेको सडकको बीचमा रहेको नलगाड नदीमा हालिएको लाप्को (काठको फड्के) बाट खसेर एकजनाको मृत्यु भएको छ ।

kathe pul vachiyoजिल्लाको बारेकोट गाउँपालिका–७ का ४० वर्षीय कालीबहादुर नेपालीको आज बिहान मृत्यु भएको बारेकोट गाउँपालिका पशुपक्षी शाखाका प्रमुख गोविन्द सिंहले जानकारी दिए।

नलगाड नगरपालिका–५ खाराको बीचमा रहेको नलगाड नदीमा काठको लाप्कोबाट नदी पार गर्दैगर्दा चिप्लिएर नेपालीको मृत्यु भएको सिंहको भनाइ छ । काठमाडौँबाट कमाइ गरी घर खर्च लिएर आएका नेपालीको मृत्यु भएको सिंहले बताउनुभयो । निर्माण व्यवसायीको लापर्बाहीले समयमा पहुँचमार्ग निर्माण नहुँदा यहाँका हजारौँ स्थानीयवासीले समस्या भोग्दै आएका छन् ।

करिब तीन किलोमिटर सडक नलगाड नदीको बीचबीचमा रहेको लाप्कोको भरमा वारपार गर्नुपर्ने हुन्छ । यो भन्दा अगाडि दुई महिनाको बीचमा लडेरै तीनजनाको मृत्यु भइसकेको छ । रासस