दाङ १२ चैत । राप्ती उप क्षेत्रीय अस्पतालमा कार्यरत कर्मचारीले आफुहरुको माग अस्पताल प्रशासनले सुनवाई नगरेको गुनासो गरेका छन् । विकास समितिमार्फत कार्यरत कर्मचारीले आफुहरुको म्याद थप र सेवा सुविधामा अस्पताल प्रशासन गम्भिर नभएको वताएका हुन । कर्मचारीले सोमवार जिल्ला समन्वय समितिमा समस्या समधानमा समन्वय गर्न भनेर ज्ञापनपत्र समेत बुझाएका छन् ।
‘म्याद थप र सेवा सुविधाका बारेमा अस्पताल प्रशासन गम्भिर छैन’ ज्ञापन पत्र बुझाउँदै हेमराज गौतमले भने ‘ यसमा अव जिससले पहल गरिदिनु पर्छ ।’ अस्पताल विकास समितिमार्फत कार्यरत ६३ जना कर्मचारीको म्याद थप भएको छैन । कर्मचारीको म्याद थप्न पटक पटक अस्पताल प्रशासनको ध्यानाकर्षण गराउने काम भएपनि कार्यान्वयन नभएको कर्मचारीको गुनासो छ । कर्मचारीले मगलवारदेखि दवाव सोरुप आन्दोलन गर्ने समेत जनाएका छन् । मगलवार केही घण्टाको लागि सेवा बन्द गर्ने ज्ञापनपत्रमा उल्लेख छ । बुधवारदेखि थप आन्दोलनका कार्यक्रम गर्ने समेत उनिहरुले जनाएका छन् ।
यसैविच कर्मचारीको ज्ञापनपत्र बुझदै जिल्ला समन्वय समितिका प्रमुख जितेन्द्रमान नेपाली र उपप्रमुख श्रीधर शर्मा पौडेलले कर्मचारीको समस्या समधानको लागि अस्पताल प्रशासनसँग समन्वय गर्ने वचन दिएका छन् । ‘तपाइहरुका समस्याप्रति हामी गम्भिर छौ । सम्बन्धित निकायसँग छलफल गछौ’ जिल्ला समन्वय समितिका प्रमुख नेपालीले भने ।










