सिमरा, १२ चैत । पचरौता नगरपालिका– ७ बेनौली चोकमा आज मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँका ४५ वर्षीय सुरेश सहनी रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक भुवनेश्वर साहले जानकारी दिनुभयो ।
सिम्रौनगढबाट रामनवमीको मेला अवलोकन गरेर फर्किने क्रममा भारतीय बी आर ०५जे ८११२ नंको मोटरसाइकललाई नम्बर नखुलेको जिपले ठक्कर दिँदा मोटरसाइकल चालक सहनीको घट्नास्थलमै मृत्यु भएको हो । मोटरसाइकलमा सवार सीताराम सहनी र डोमा सहनी गम्भीर घाइते भएका छन् । घाइतेलाई उपचारका लागि भारततर्फ पठाइएको छ ।











