इन्द्रेणी संवाददाता
काठमाडौं, १० चैत । सबैका आशाका प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा दुई वर्षभित्र रेल सेवा सञ्चालन गर्ने घोषणा गरेका छन् ।
उनले दुई वर्षभित्र यहाँ रेल सेवा सञ्चालन गरेर देखाइदिने भन्दै आफूले विभिन्न समयमा नेपालमा रेल गुडाउने भन्दै गर्दा मजाक गर्नेहरुलाई जवाफ दिने बताएका छन् ।
प्रधानमन्त्री ओलीले २०७६ सालभित्र नेपाली झण्डाबाहक पानी जहाजले सामान ओसारपसार गर्ने महत्वकांक्षी योजना पनि सार्वजनिक गरेका छन् ।
शुक्रबार काठमाडौंमा २९ औं राष्ट्रिय औद्योगिक बस्तु तथा प्रविधि प्रर्दशनीको उद्घाटन गर्दै उनले पानी जहाजमा नेपालले समान ओसारपसार गरेको देखाएरै छोडने दृढता व्यक्त गरे ।











