काठमाडौं, १० चैत । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सरकारको गर्ने हरेक कामको गुण र दोषका आधारमा व्यवहार गर्ने गर्ने बताए ।
धुलिखेलमा दुईदिनसम्म चलेको पार्टीको उच्चस्तरीय अनुशिक्षण कार्यक्रमपछि पत्रकारहरुसँग थापाले भने,‘हामी प्रतिपक्षा गर्छौँ । केपी ओलीलाई राष्ट्रिय एकता र अखण्डताको संरक्षण, प्रजातन्त्रको रक्षा र मुलुकको आर्थिक विकास गर्नुहुनेछ भनेर नै विश्वासको मत दिएका हौँ,’ थापाले थपे,‘यदि सरकारबाट हाम्रो यो अपेक्षाहरु पुरा भएन भने स्वभाविक रुपले त्यसको प्रतिरोध गछौँ ।’
उनले देशमा कम्युनिस्ट शासन स्थापित गर्नका लागि जनताले वाम गठबन्धनलाई भोट हालेर जिताएको नभइ मूलुकमा शान्ति, स्थायित्व, विकास र समृद्धिको अपेक्षा गरी जिताएको जिकिर गरे ।
फरक प्रशंमा थापाले काभ्रेलाई प्रादेशिक राजधानी नहुने बरु आर्थिक राधजानी बनाउन क्रियाशिल हुने बताए । प्रदेशमा रहेका सवै जिल्लाका सेवाग्राही बढीमा ३ घण्टाभित्र हेटौँडा पुग्ने सकिने उनले बताए । नयाँ पत्रिकाबाट











