काठमाडौं, ३ चैत । उपराष्ट्रपति पदमा नन्दबहादुर पुन निर्विरोध निर्वाचित भएका छन् ।
दोस्रो कार्यकालका लागि शनिबार मनोनयन दर्ता गराएका पुन दोस्रो पटक उपराष्ट्रपतिमा निर्विरोध निर्वाचित भएका हुन् । चुनावी प्रक्रिया पूरा गर्नुपर्ने भएकाले औपचारिक घोषणा गर्न भने बाँकी नै छ ।
संघीय गणतन्त्र नेपालको उपराष्ट्रपति पदका लागि बाहालवाला उपराष्ट्रपति पुनले शनिबार मध्यान्ह उम्मेदवारी दर्ता गराएका थिए ।











