काठमाडौं, ३ चैत । वाम गठबन्धनले बहालवाला राष्ट्रपति र उपराष्ट्रपतिलाई नै पुनः सोही पदमा दोहोराएका छन् । राष्ट्रपतिमा विद्यादेवी भण्डारी निर्वाचित भइसकेकाी छिन् भने ९ गते हुने उपराष्ट्रपति पदका लागि बहालवाला उपराष्ट्रपति नन्दबहादुर पुनले शनिवार उम्मेदवारी दर्ता गराएका छन् ।

nanda kishwrनिर्वाचन आयोगले तय गरेको निर्वाचन कार्यतालिका अनुसार उपराष्ट्रपति पुनले वाम गठबन्धनका तर्फबाट अर्को कार्यकालका लागि पुनः उम्मेदवारी दिएका हुन् । सङ्घीय संसद भवन नयाँ वानेश्वरमा रहेको आयोगको निर्वाचन कार्यालयमा पुगेर पुनले उम्मेदवारी दर्ता गराएका हुन् ।

उपराष्ट्रपतिको प्रस्तावकमा सुवास नेम्वाङ, पम्फा भुसाल, भानुभक्त ढकाल, रेखा शर्मा र परशुराम मेघी गुरूङ रहेका छन् । समर्थकमा देव गुरुङ, ओनसरी घर्ती, जयपुरी घर्ती, राम नारायण बिडारी र राजेन्द्र प्रसाद गौतम छन् ।