इन्द्रेणी संवाददाता
काठमाडौं, २५ फागुन । प्रतिनिधिसभाको सभामुख पदका लागि आज उम्मेदवारको मनोनयन हुँदैछ । संघीय संसद् सचिवालयले सार्वजनिक गरेको सभामुख चयनको कार्यतालिकाअनुसार बिहान १० बजेदेखि १ बजेसम्म मनोनयन दर्ता हुनेछ ।
वाम गठबन्धनबाट माओवादी केन्द्रका नेता कृष्णबहादुर महराले उममेदवारी दर्ता गराउदैछन् ।मनोनयनमा परेका उम्मेदवारको अन्तिम नामावली सचिवालयले आजै दिउँसो साढे १ बजे सार्वजनिक गर्ने छ ।











