दिपक बोहरा

तुलसीपुर २३ माघ । एमनेष्टी ईन्टरनेश्नल नेपाल समुह ६६ दाङले सिरियामामा भएको घटनाको बिरोध जनाएको छ । निहत्था नागरिक र बालबालिका माथि भइरहेको श्रृंखलाबद्ध बम आक्रमणको बिरुद्ध एमनेष्टीले तुलसीपुरमा दिप प्रज्वलन गरी बिरोध जनाएको हो । तुलसीपुरको जेसिज चोकमा सिरियाको नक्सा बनाई पेरिय फर सिरिया लेखेर दिप प्रज्वलन गरेको एमनेष्टी समुह ६६ दाङ सचिब कालि बहादुर चौधरीले जानकारी दिए ।

मानव सभ्यता र मानवीय संवेदना समेत गुमाएर बर्बरता पूर्वक बम आक्रमण गरी बालबालिका सहित सयौँ सर्वसाधारणको क्रूरूर हत्या भएको भन्दै आन्दोलन उत्रिएको एमनेष्टीका केन्द्रीय सदस्य प्रमोद कुमार न्यौपानेले बताए । साथै मृतक बालबालिकाको आत्माको चिरशान्तिको कामना गर्दै दीप प्रज्वलन गरिएको छ । सिरिया सरकारले रुसी सेनाको समर्थनमा विभत्स हत्या गरेको विरोधमा मृतक आत्माको चिरशान्तिको कामना गर्दै दीप प्रज्वलन गरिएको न्यौपानेले बताए । उनले ‘सिरियामा भएको घटना प्रति आक्रोस व्यक्त गर्दै विश्वका कुनै पनि देशमा यस्तो हुनु राम्रो नभएको बताए । सिरियाको बालबालिका माथि भएको अत्याचार देख्दा आफूलाई मानव सभ्यता नै हराएको जस्तो अनुभव भएको उनको भनाई थियो । बिरोध कार्यक्रममा मानबअधिकारकर्मी दुर्गा केसी, राम शरण चौधरी, बिजय जिएम, बिजय पौडेललगायतको सहभागिता रहेको थियो । अध्यक्ष दिपेन्द्र चापागाईको अध्यक्षतामा कार्यक्रम भएको हो ।

सिरियामामा विगत दुई हप्ता देखि भीषण बमबारी जारी छ । जसले लाखौ नागरिक र बालबालिका प्रभाबित भएका छन् । एकपछि अर्को आक्रमण गरी सर्वसाधारणको हत्या गरिएपछि राष्ट्रसंघले सिरियालाई पृथ्वीको नर्क हुनबाट रोक्नुपर्ने भन्दै युद्धविरामका लागि पुनः आग्रह गरेको छ । सिरियामा सन् २०११ देखि निरन्तर रुपमा आक्रमण हुँदै आएको छ । आक्रमणमा निरापराध सिरियाली जनता मारिँदै आएका छन् । त्यसमा पनि दूधे बालबालिका युद्धमा मारिएका छन् ।