तुलसीपुर, २२ फागुन । तुलसीपुर उपमहानगरपालिकालाई स्वच्छ , सुन्दर र हराभरा नगरका रुपमा विकास गर्ने उद्देश्यले सञ्चालन भएको ‘हाम्रो तुलसीपुर राम्रो तुलसीपुर’ सरसफाई अभियानको ८१ औ श्रृखला अन्तर्गत राप्ती शान्ती उद्यानको सरसफाई गरिएको छ ।
विपद् व्यवस्थापन समितिका संयोजक नवराज लामिछानेको प्रमुख आतिथ्यतामा भएको अभियानका वोल्दै उनले सरसफाई आम मानिसको जीवनशैली वन्नुपर्ने कुरामा जोड दिइएको थियो ।
लामिछानेले नागरिकले दायित्ववोध नगर्दासम्म सरसफाई अभियानले पूर्णता नपाउने समेत वताए । वडा नम्वर ७ का अध्यक्ष टोपवहादुर केसीले सरसफाई अभियानले आम मानिसमा सचेतना प्रदान गरेकोे वताएका थिए । तुलसीपुर क्षेत्रका विभिन्न संघसस्थामा सक्रिय व्यक्तिहरुको संलग्नता रहेको कार्यक्रमको सहजिकरण झरेन्द्र खरेलले गरेका थिए ।











