इन्द्रेणी संवाददाता
काठमाडौं, २२ फागुन । वाम गठबन्धन र संघीय समाजवादी फोरमबीच भएको निरन्तर बैठक र छलफल पछि अन्तः फोरम सरकारमा सहभागी हुने भएको छ। मंगलबार बिहान बसेको फोरम पदाधिकारीको बैठकले सरकारमा सहभागी हुने निर्णय गरेको हो।

Bam-forum-47274837बैठकमा अध्यक्ष उपेन्द्र यादवले वाम गठबन्धनसँग भइरहेका श्रृंखलाबद्ध वार्ताका विषयमा ब्रिफिङ गरेपछि सरकारमा जाने निर्णय गरेको हो ।
बैठकले आज वाम गठबन्धन र फोरमबीच सरकारमा जाने सहमतिमा हस्ताक्षर हुनेछ।

‘अहिलेसम्म भएका वार्ताहरुको समीक्षा गर्दै एमालेलाई संविधान संशोधनमा सहमत गराउने गरी सरकारमा जाने निर्णय भएको छ’, संघीय फोरमका नेता राजेन्द्र श्रेष्ठले भने। फोरमले प्रदेश सीमासम्बन्धी लगायतका संविधानका केही व्यवस्थामा संशोधन चाहेको छ। सरकारमा फोरमले दुर्इ मन्त्रालय पाउने सम्भावना छ।