दाङ २१  फागुन । जिल्ला समन्वय समितिले दंगीशरण गाउँपालिकाको अनुगमन गरेको छ । चालु आर्थिक वर्षमागाउँपालिकाले गर्दै आएको भौतिकपुर्वाधारदेखि अन्यकामको बारेमाजानकारी लिएको थियो । जिल्ला समन्वय समितिका प्रमुख जितेन्द्रमान नेपालीको गएको टोलीले गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष र कर्मचारीसँग भैराखेको कार्यसम्पादनको बारेमाजानकारी लिएकाथिए । गाउँपालिका प्रमुख भागिराम चौधरीले चालु आर्थिक वर्षमा विनियोजित ८० प्रतिशत योजना सम्झौता भैसकेको वताए । ‘धेरै योजना सम्झौता भै सकेका छन । फार फरकको कामपनि भैराखेको छ’ अध्यक्षचौधरीले भने ‘ बाँकि योजना पनि सम्झौताको चरणमा छन ।’ अनुगमन टोलीमा जिल्ला समन्वय समितिका सदस्यहरु जक्त बहादुर बस्नेत, सुभद्रा भण्डारी र सावित्रा रिजालको सहभागिता थियो । अनुगमन कार्यक्रमको बारेमा जिल्ला समन्वय समितिका सब इञ्जिनियर रामकुमार आचार्यले सहजिकरण गरेकाथिए ।

28829431_1735428866515906_27415588_n

पुलको पनिअनुगमन
यसैविचअनुगमन टोलीले जिल्ला समन्वय समितिले निर्माण थालेको चिरागार खोलाको पुलको पनि अनुगमन गरेको छ । २०७३ असार २६ गते पुलको सम्झौता भएको थियो । १८ महिनामा पुलको काम सक्ने गरेर सम्झौता भएपनि त्यो अवधिमा सकिने सभावना कम छ । केहीदिन देखि पुल निर्माणको काम समेत रोकिएको छ । जिल्ला समन्वय समितिका प्रमुख नेपालीले तोकेको समयमा काम सक्न निर्देशन दिएका छन् । ‘पुलको निर्माण कार्य सुस्त भएको छ । केहीदिनदेखि निर्माणको काम समेत रोकिएको रहेछ’ अनुगमन पछि जिल्ला समन्वय समितिका प्रमुख नेपालीले भने ‘ तत्तकाल काम अघि बढाउन ठेकदारलाई निर्देशन दिएका छौ ।’ पुलको लम्बाई ६५ मिटर छ । पुलको लागत रकम ४ करोड ४७लाख २५ हजार ६ सय ६३ रुपैयाँ छ ।