तुलसीपुर २१ फागुन । बृद्ध सेवा समितिको भवनको स्तरउन्नती गर्न तुलसीपुरमा महायज्ञ सञ्चालन हुने भएको छ । बृद्ध सेवा समिति तुलसीपुरले पत्रकार सम्मेलन गरीफागुन २४ गते देखि ३० गते सम्म महायज्ञ सञ्चालन हुने जनाएको छ । तुलसीपुर १२ रझेनामा रहेको बृद्धसेवा समितिको भवनमा सभाकक्षा, गेट तथा पर्खाल निर्माणका लागि श्रीमद भागवत महापुरण महायज्ञ सञ्चालनका गर्न लागिएको मुल आयोजक समितिका संयोजक खुमानन्द अधिकारीले बताए ।
रिपोर्टर्स क्लब दाङका अध्यक्ष शरद रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा प्रचारप्रसार समितिका संयोजक शुष्मा गिरी, राससका नारायणी रजौरे, नेपाल पत्रकार महासंघ दाङका सहसचिब सर्मिला डिसीलगायतले सफलताको शुभकामना दिएका थिए । कार्यक्रमको सहजीकरण पत्रकार निरला अर्याल गैरेले गरेकी थिईन् ।।