इन्द्रेणी संवाददाता 

काठमाण्डौ २० फाल्गुन । संसद् सचिवालयकाका अनुसार सिलवाल र चौधरीले सपथ लिन पाउने भएपनि राष्ट्रियसभामा मनोनीत सदस्य डा युवराज खतिवडा, रामनारायण बिँडारी र डा विमला पौडेलले नपाउने भएका छन्।

तत्कालका लागि तीनै जनाको सपथ रोक्ने सर्वाेच्च अदालतको अन्तरिम आदेशका कारण उनीहरूको सपथ नहुने प्रवक्ता गौतमले बताए। तीन जनामध्ये युवराज खतिवडा सांसदको सपथ नलिइकनै अर्थमन्त्री भइसकेका छन्।

राष्ट्रियसभामा देउवाले सिफारिस गरेका कृष्णप्रसाद पौडेल, गोपाल बस्नेत र चाँदनी जोशीलाई नयाँ सरकारले फिर्ता गरी नयाँ सदस्य सिफारिस गरेको र त्यसलाई राष्ट्रपतिले मनोनीत गरेपछि सर्वाेच्चमा रिट परेको थियो। प्रतिनिधिसभाका २७५ सदस्यलाई ज्येष्ठ सदस्य महेन्द्रराय यादव र राष्ट्रियसभाका ५९ लाई तारादेवी भट्टले आइतबार अपराह्न सपथ गराउने कार्यक्रम छ।