दाङ, १६ फागनु । घोराही उपमहानगरपालिका ६ मा बालमैत्री स्थानीय शासन अभियानलाई निरन्तरता दिन बिभिन्न टोलमा बाल क्लव पूर्नगठन थालिएको छ ।

feature0गत बर्ष फागनु २५ गते एक भव्य समारोहका बिच साविक सौडियार हाल घोराही ६ र ७ बालमैत्री घोषणा गरिएको थियो । सोही घोषणालाई निरन्तरता दिन र अभियानलाई थप प्रभावकारी बनाउन प्रत्येक टोलमा बाल क्लव गठन थालिएको वडा अध्यक्ष रेवबहादुर बुढाथोकीले जानकारी दिए ।

घोराही उपमहानरगपालिकाको नगर सभाले आर्थिक बर्ष २०७४÷०७५ मा बिनियोजन गरेको बार्षिक कार्यक्रम अन्तरगत चैनपुर, अघरा, जजरागाँउ, गुरुवागाँउ,बेरुवागाँउ लगायतका स्थानमा बाल क्लव गठन गरिएको छ । वडा नम्वर ६ का महिला वडा सदस्य कुन्ता सिजवालको अध्यक्षतामा चैनपुरमा भएको बालबालिकाको भेलाले अमृत बुढाथोकीको अध्यक्ष रहेको १३ सदस्सीय बाल क्लव गठन गरेको छ । क्लवको उपाध्यक्षमा सृजना चौधरी, सचिवमा संगीता महरा, कोषाध्यक्षमा समिर महरा र सहसचिवमा जगदिश ओली रहेका छन् ।

यस्तै वडास्तरीय बाल सञ्जालका सदस्य भिवबहादुर सुनारको अध्यक्षता तथा वडा सदस्य केशवराज बिसिको प्रमुख आतिथ्यमा अघरामा सम्पन्न भेलाले अध्यक्षतामा सदस्यीय क्लव गठन गरेको छ । यस्तै घोराही ६ जजरागाँउमा बद्री रेग्मी अध्यक्ष, निर्मला चौधरी उपाध्यक्ष, योगेश अधिकारी सचिव, संगीता बिष्ट कोषाध्यक्ष र रिया खनाल सहसचिव रहेको १३ सदस्यीय बाल कल्व गठन गरिएको बालमैत्री फोकल पर्सन बिमल योगीले जानकारी दिए ।