इन्द्रेणी संवाददाता
बुटवल, १६ फागुन। जिल्ला अदालत भोजपुरले नेपाल कम्प्यूनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ लाई पक्राउ गर्न पक्राउ पूर्जी जारी गरिएको छ ।

netra bikram chanda biplabजिल्ला अदालतले पक्राउ गर्न आदेश दिए बमोजिम कार्यन्वय गर्न विप्लवको घरमा पक्राउ पूर्जी टासिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

अदालतको आदेशको पालना गर्दै शिवराज नगरपालिकामा रहेको उनको घरमा पक्राउ पुर्जी टाँसिएको डिएसपी नरेन्द्रकुमार कार्कीले बताए । पक्राउ पुर्जीमा विप्लवलाई ज्यान मार्ने उद्योग तथा विष्फोटक पदार्थको कसुरमा पक्राउ गर्नुपर्ने उल्लेख छ ।

bep