इन्द्रेणी संवाददाता 

काठमाडौं, फागुन ८ । नेपाल कम्युनिस्ट पार्टीले फागुन ८ गते (मंगलबार) नेपाल बन्दको आव्हान गरेकोे दिन बिहानै विराटनगरकाे २ स्थानमा आगजनी गरेको छ ।नेकपाका कार्यकर्ताले बन्दको अवज्ञ गरेको भन्दै मोरङको विराटनगरस्थित सलकपुर र ढाटमा माल बाहक ट्रकमाथि कारबाहीको गरेको हो ।

banda-biplab-trak=agajani

उक्त पार्टीले आफ्ना नेता हेमन्तप्रकाश ओली ‘सुदर्शन’, पाेलिट ब्युराे सदस्य पदमबहादुर राई‘विकास’लगायत टोलीलाई आइतबार बिनाकारण प्रहरीले गिरफ्तार गरेको भन्दै आज नेपाल बन्द गर्न बाध्य भएको बताएको छ । एभरेष्ट दैनिकमा खबर छ ।