तुलसीपुर, ८ फागुण । तुलसीपुर उपमहानगरपालीका वडा नम्बर १३ मा रहेको जनज्योती मावि तुहीरनियापुरले आज हीरक जयन्ती मनाएको छ । विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष हुम बहादुर नेपालीको अध्यक्षता तथा तुलसीपुर उपमहानगरका नगर प्रमुख घनश्याम पाण्डेको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो ।
हीरक जयन्तीको अवसरमा विद्यालयले समाचार सम्प्रेसनमा सहयोग गरेको भन्दै रेडियो प्रकृतिका प्राविधिक प्रमुख माधव कडेल र तुलसीपुर खवर डिजिटल पत्रिकाका सह सम्पादक बसन्त परियारलाई सम्मान गरेको छ । दोसल्ला सहित सम्मान पत्र र मायाको चिनो प्रदान गरिएको थियो ।