लक्ष्मण बस्नेत
तुलसीपुर, ७ फागुन । प्रदेश नं ५ स्तरिय व्लयाकवेल्ट गे्रडिङ दिक्षान्त कार्यक्रम आजदेखि दाङको तुलसीपुरमा सुरु भएको छ ।

feature0दाङ जिल्ला सितोरियो कराँते संघको आयोजनामा फागुनको ११ गते सम्म चल्ने ग्रेडिङ कार्यक्रममा व्लयाकवेल्ट सो डान फस्ट डान, सेकेन्ड डान र थर्ड डानका लागि प्रशिक्षण चल्नेछ ।

प्रशिक्षण कार्यक्रमको प्रशिक्षकमा सितोरियो कराँतेका मुख्य प्रशिक्षक तुलसी मर्हजन, नेपाल कराँते महाँसंघका उपाध्यक्ष निर्वतमान मुख्य प्रशिक्षक महेश श्रेष्ठ, सितोरियो कराँते मध्यपश्चिमका मुख्य प्रशिक्षक बलराज नेपाली रहेका छन् ।

कार्यक्रममा प्रदेश नं ५ का १२ जिल्लाका सिनियर तथा जुनिएर गरी झण्डै १ सय ५० खेलाडीहरुको सहभागिता रहेको छ । यसैविच दिक्षान्त समारोहको उद्घाटन तुलसीपुर उपमहानगरपालिकाका मेयर कार्यक्रमका प्रमुख अतिथी घनश्याम पाण्डेले गरेका थिए ।

संघका अध्यक्ष हरिबहादुर घर्तीको अध्यक्षतामा भएको कार्यक्रममा दाङ जिल्ला खेलुकद विकास समितिका अध्यक्ष डिल्ली बहादुर डाँगी, नेपाल कराँते महाँसंघका उपाध्यक्ष महेश श्रेष्ठ, ह्याण्डबल संघ दाङका कोषाध्यक्ष छवि परियार लगाएतकाले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।