दाङ, ७ फागुन । दाङ व्यापारीक तथा पर्यटन महोत्सव एवं प्रदेशस्तरीय औद्योगीक कृषि प्रर्दशनी २०७४मा दिन प्रतीदिन रौनकता थपीदै महोत्सव अवलोकन गर्न आउनेहरुको संख्या उल्लेख्य रहेको महोत्सव मुल आयोजक समितिले जनाएको छ ।
दाङ व्यापारीक तथा पर्यटन महोत्सव एवं प्रदेशस्तरीय औद्योगीक कृषि प्रर्दशनी २०७४ को पाचौ दिन मञ्चमा वरिष्ठ लोक गायीका एवं राष्ट्रिय सभा सदस्य कोमल वलीको आगमनसंगै थप रौनकता थपीयो ।
दाङ जिल्ला यद्योग वाणीज्यसंघको आयोजनामा संचालीत दाङ व्यापारीक तथा पर्यटन महोत्सव एवं प्रदेशस्तरीय औद्योगीक कृषि प्रर्दशनी २०७४ को पाचौ दिन वरिष्ठ लोक गायीका एवं एमालेकीतर्फवाट दाङवाट रष्ट्रिय सभामा प्रतीनीधीत्व गरेकी वलीले कालोकोट कालै छ टोपी,वाझो खेतमा छडके सलाम छ मायालार्इ पहिलो भेटमा वोलको गीता गाउदा महोत्सवको अवलोकन गर्न आएका वालवालीका तरुन तन्नेरी र वृद्ध वृद्धाहरु समेत हौसीएर नाचेका थिए ।
यस्तै महोत्सवमा लोक तथा पप गायीका प्रीती आलेको प्रस्तुतीले युवाहरुलार्इ थप नचाएको थियो । यस्तै आजको सास्कृतिक कार्यक्रममा कृष्ण रेउले, कृष्ण काफले, यादव नाथ योगी, लीटील मीस नेपाल याङशु श्रेष्ठ, शोभा त्रीपाठी आदीम केसी, सन्ध्या जोशी , टीका जैशी लगाएतका कलाकारहरुको विभिन्न सास्कृतिक प्रस्तुतीले महोत्सव अवलोकन गर्न आउनेहरुलाइ थप मनोरञ्जन प्रदान गरेको थियो ।
आज भएको दंगाली तारा गाएन प्रतीयोगीतामा प्रविन भण्डारी, कोमलसरी जी सी , अविशेक भुसाल, वरदान दिवप वस्नेत, भरत जि एम , राजमान खत्री, शुशान्त वली र राधीका चौधरी दोस्रो चरणको प्रतीयोगीताका लागी छनौटमा परेको सास्कृतिक व्यवस्थापन उपसमीती संयोजक टकं सिह भाटले जानकारी दिए ।
त्यस्तै आजै श्रीमान श्रीमती जोडी नृत्य प्रतीयोगीता पनि भएकोछ। प्रतीयोगीतामा प्रेम शाहा र ज्ञानु शाहाको जोडी, विक्रम कुवर र देवकी कुवरको जोडी र पुर्ण भण्डारीको जोडी सहीत ३ जोडीले नृत्य प्रस्तुत गर्नुभएको थियो । यसको फाइनल प्रतीयोगीता भोली हुने आयोजकले जनाएका छन ।
यसैगरी महोत्सवको छैठौ दिन भोली महोत्सवमा सामाजिक अभियन्ता एवं हाँस्यकलाकार धुर्मुस सुन्तली , लोक गाएक वद्री पंगेनी, लगाएतका कलाकारहरु आउने संयोजक भाटले जानकारी दिए ।