तुलसीपुर १० असार । दुई चिरामा विभक्त नेकपा एमाले दाङको गुटगट र छुट्टाछुट्टै भेलालाई सम्वोधन गर्न वरिष्ठ नेता माधवकुमार नेपाल र एमाले नेता एवं पूर्व उद्योग मन्त्री महेश बस्नेत आज दाङ आउँदै छन् ।
पूर्व प्रधानमन्त्री समेत रहेका नेपाल कार्यबहाक अध्यक्ष जोगबहादुर राना पक्षधरले घोराहीमा आयोजना गरेको जिल्लास्तरीय कार्यकर्ता भेलालाई सम्वोधन गर्नका लागि आउँदै छन् भने युवा संघ नेपालका पूर्व अध्यक्ष समेत रहेका बस्नेत भने अर्का कार्यबहाक अध्यक्ष हुकुमबहादुर बस्नेत पक्षधरले अञ्चल पार्टी कार्यालय तुलसीपुरमा आयोजना गरेको युवा संघको जिल्ला भेलालाई सम्वोधनगर्न आउँदै छन् ।
पार्टी पनि एउटै हो र समय पनि एउटै हो तर गुटगट राजनीतिका कारण आज दाङमा एकै समयमा एकालेको छुट्टाछुट्टै भेलाहरु आयोजना गरिदै छ । अध्यक्ष राना पक्षले घोराहीको गणेश चित्रालय हलमा भेला राखेको छ र सोही समयमा अञ्चल पार्टी कार्यालयमा बस्नेत पक्षधरको भेला सुरु हुने छ ।
दुबै पक्षले आफूहरु मात्रै बैद्यानिक भएको र अर्को पक्ष अवैधानिक भएको दाबी गर्दै आएका छन् । बहुमतको दाबी पनि त्यसैगरी हुँदै आएको छ । उनीहरुले एक अर्काका भेलाहरु बहिस्कार गर्ने जानकारी पनि दिएका छन् । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा वली पक्षधर मानिने निर्वाजित जिल्ला सचिव बस्नेत पक्षधरले जेठ १६ गते कार्यवहाक अध्यक्ष रानाका विरुद्धमा समान्तर कमिटी गठन गरेपछि एमाले दाङको विवाद सतहमा आएको हो । यो गुटको भेलाले अध्यक्ष रानालाई अक्षमको विल्ला भिराउँदै उनलाई उक्त पदवाद निलम्वन गरेको दाबी गरेको थियो ।
तर भोलिपल्टै जेठ १७ गते जोगबहादुर राना पक्षधरको सुविधाजनक बहुमत सहितको जिल्ला कमिटी बैठले क्षेत्र नं। ५ का इञ्चार्ज मनोहर बुढाथोकीलाई दुई वर्षका लागि साधारण सदस्य समेत नरहनेगरी पार्टीबाट कारवाही गरेको थियो ।
उक्त बैठकले रानाको विरुद्ध समान्तर कमिटी गठन गरेका बस्नेतलाई एक हप्ता भित्र लिखित रुपमा स्पष्टिकरण दिन समयसिमा दिएको थियो । उक्त समयावधिमा बस्नेतले स्पष्टिकरण नदिएको भएपनि बस्नेतमाथि कुनै कारवाही भने गरिएको जानकारीमा छैन ।
एमाले दाङका जिल्ला इञ्चार्ज मेटमणि चौधरीका अनुसार नेता नेपाल सहित उपाध्यक्ष युवराज ज्ञवाली, पोलिटब्यूरो सदस्य प्रकाश ज्वाला, पोलिटब्यूरो सदस्य भागवत विश्वासीलगायतका नेताहरुले कार्यकर्ता भेलालाई सम्वोधन गर्ने कार्यक्रम रहेको छ ।
त्यसैगरी अध्यक्ष ओलीको विशेष सन्देससहित पूर्व मन्त्री महेश बस्नेत र युवा संघ नेपालका महासचिव किरण पौडेल सम्वोधनका लागि आउन लागेको क्षेत्र नं। ५ का इञ्चार्ज उत्तरकुमार वलीले जानकारी दिए ।