इन्द्रेणी समाचारदाता
दाङ, ६ फागुन । प्रदेश नम्बर पाँचमा दाङ लागु औषध दुव्र्यसनी र सडक दुर्घटनामा अगाडि रहेको भन्दै यसलाई नियन्त्रण गर्न सबै सरोकारवाला निकायहरु गम्भीर बननुपर्ने एक कार्यक्रमका सहभागीहरुले बताएका छन् ।
वडा प्रहरी कार्यालय दाङले आइतवार घोराहीमा आयोजना गरेको लागु औषध नियन्त्रण सम्बन्धी सचेतना कार्यक्रममा बोल्ने वक्ताहरुले युवा पुस्तामा लागु औषध सेव अत्यधिक खतरानाक हिसावले वढ्दै गएकोमा चिन्ता व्यक्त गरे ।
कार्यक्रममा घोराही नगरपालिकाका प्रमुख नरुलाल चौधरीले सभ्य समाज र मानिसको विकासविन सभ्य मुलुकको परिकल्पना गर्न नसकिने बताए । उनले व्यक्ति सभ्य नबन्दासम्म विकास सम्भव नभएको समेत बताए ।
कार्यक्रममा प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठले लागु औषध दुव्र्यसनी न्यूनिकरण सबैको सहकार्य र सहयोग विना प्रहरलिे मात्रै केही गर्न नसक्ने बताए । अहिले प्रहरी सञ्चालन गरेको लागु औषध दुव्र्यसनी सम्बन्धी सचेतना कार्यक्रमलाई सबैले आ–आफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्ने प्रजिअ श्रेष्ठले बताए ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय दाङकी प्रमुख एसपी दुर्गा सिंहले दाङको युवा पुस्तामा लागु औषधको कुलत भयानक डरलाग्दो किसिमले फैलिरहेको बताइन् । विशेष गरी अभिभावकले माग्दैमा छोरा–छोरीहरुलाई मोटरसाइकल किनिदिहाल्ने र माग्दैमा पैसा दिने प्रबृतिले सडक दुर्घटना र लागु औषध सेवनमा युवाहरु फस्ने गरेको समेत उनले बताइन् ।
कार्यक्रममा सहभागी यस क्षेत्रका विद्यार्थी एवं शिक्षकहरुलाई प्रहरीले पुष २ गतेदेखि सञ्चालन गरेको लागु औषध नियन्त्रण सम्बन्धी सचेतना अभियानको जानकारी दिदै वडा प्रहरी कार्यालय घोराहीका प्रमुख रञ्जन अवाले प्रहरीको केन्द्रीय तथ्याङ विभाग अनुसार २०६३ सालमा ४६ हजार ३ सय ९ जनाले कडा खालको लागु औषध सेवन गर्ने गरेकोमा २०६९ मा वढेर ९१ हजार ५ सय ३५ जना पुगेको जानकारी दिए ।