इन्द्रेणी संवाददाता
दाङ, ६ फागुन । ऐन प्यावसन नेपालका केन्द्रीय अध्यक्ष ऋतुराज सापकोटाले सीप मुलक शिक्षा आजको आवश्यकता भएको बतएका छन् ।
रिपोटर्स क्लव दाङले आज आयोजित पत्रकार भेटघाटनमा उनले देशको मेरुदण्ड शिक्षा भएको रसबै वालवालिकालाई गुणस्तरिय शिक्षा प्रदान गर्न सके मात्रै शिक्षाको सार्थकता प्राप्त हुने बताए ।
मुलुक संघीयतामा गएसंँगै नयाँ पाठयक्रम निमार्ण हुने जानकारी दिदै अब बन्ने पाठ्यक्रममा विद्यार्थीको चहाना अनुरुपका विषयवस्तु समेटन आवश्यक रहेको सापकोटाले बताए ।
नयाँ नेपाल निमार्णका लागि सस्थांगत विद्यायहरुको अहम भुमिका रहने भन्दै उहाले वालवालिकालाई सिप मुलक शिक्षा प्रदान गर्न सरकारसंग सहकार्य गर्न जरुरी रहेको सापकोटाको भनाइ छ । सरकारले सस्थांगत विद्यालयहरुलाई समेत प्राविधिक शिक्षा अध्ययन÷अध्यापनको अनुमति दिनुपर्नेमा जोड दिए ।