इन्द्रेणी संवाददाता
काठमण्डौ ५ फाल्गुन । पार्टी एकीकरण बारे कुनै ठोस सहमती नभएर पनि वाम गठबन्धनको तर्फबाट एमाले अध्यक्ष केपी शर्मा ओली लाई प्रधानमन्त्री बनाएपछि प्रधानमन्त्री र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको निर्णायक भनिएको पछिल्लो बैठक भर्खरै सम्पन्न भएको छ ।

dahal-oli

ओली निवास बालकोटमा बसेको दुइ नेताको छलफलमा नमिलेका धेरै कुरा मिलेको र केहि बाँकी रहेका कुरालाई छिट्टै टुङ्ग्याउने सहमती भएको छ । अब पार्टी एकता र सरकारमा सहभागीको कुरा मोटामोटी सकिएको र भोली नै पार्टी एकता संयोजन समितीमा छलफल गरि एकता प्रक्रिया टुङ्ग्याउने सहमति भएको प्रचण्डको सचिवालयले जनाएको छ ।