इन्द्रेणी संवाददाता
काठमाडौ, ५ फागुन । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले देउवा सरकारले गरेका अनुचित निर्णय तत्काल कार्यान्वयन नगर्न निर्देशन दिएका छन् ।
प्रधानमन्त्रीको पदभार सम्हालेलगत्तै मुख्यसचिव लोकदर्शन रेग्मीलाई निर्देशन दिँदै उनले शेरबहादुर देउवा सरकारले चुनावपछि गरेका निर्णय कार्यान्वयन नगर्न निर्देशन दिएका हुन् ।
प्रक्रिया पुगेको छ–छैन ? अध्ययनपछि मात्र आवश्यक निर्णय लिन सकिने ओलीले बताएका छन् । घोषणापत्रका आधारमा सरकारले गर्नुपर्ने कार्यक्रमको सूची बनाउन वाम गठबन्धनद्वारा गठित कार्यदलले पनि चुनावको मिति घोषणापछिका कतिपय निर्णय खारेज गर्नुपर्ने निष्कर्ष निकालेको छ ।