इन्द्रेणी संवाददाता
काठमाडौं, ४ फागुन । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले राष्ट्रियसभा सदस्यका मनोनयनका लागि गरेको सिफारिस फिर्ता लिने तयारी गरेका छन् ।

kpनयाँ सरकार गठन भएसँगै तीन जनाको मनोनयनको सिफारिस ओली नेतृत्वको सरकारले गर्ने छ । वाम गठबन्धनले सहमति गरेर उपयुक्त नाम सरकारले सिफारिस गर्ने तयारी भएको एमालेका एक नेताले बताए । यसअघिको सिफारिस फिर्ता लिइने समेत उनले स्पष्ट पारे ।

देउवाले गरेको सिफारिस राष्ट्रपति कार्यालयमा थन्किएको छ । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले ३ जना मनोनित गर्ने संविधानअनुसार देउवाले सिफारिस गरेका थिए । जसअनुसार कृष्णप्रसाद पौडेल, गोपाल बस्नेत र चाँदनी जोशीलाई राष्ट्रियसभा सदस्य मनोनयनका लागि सिफारिस गरिएको थियो ।