दाङ, ४ फागुन । नेपाल चार्टर्ड एकान्टेन्ट्स संस्थाको आयोजना तथा नेपाल अडिटर्स एशोसियसन जिल्ला शाखा दाङ्गको सहयोगमा घोराहीमा लेखापरिक्षकहरुका लागि ३ दिने सिपिइ तालिम शुक्रवारबाट सुरु भएको छ । म्याङ्गो गार्डेन रिसोर्टमा सञ्चालित तालिममा राप्ती अञ्चल भरिका ७० जना लेखापरिक्षकहरुको सहभागिता रहेको छ ।

received_10209340077693781 (1)उद्घाटन कार्यक्रममा वोल्दै प्रमुख अतिथि नेपाल अडिटर्स एशोसियसनका केन्द्रीय सदस्य विरेन्द्र महराले सेमिनारवाट नयाँ नयाँ लेखापरिक्षण प्रणालीका साथै कानुनका वारेमा पनि जानकारी हुने भएकाले निकै फलदायि हुने कुरा वताए । उनले लेखापरिक्षणका विभिन्न जटिलताहरुलाई पनि कसरी समाधान गर्ने भन्ने कुराका वारेमा सेमिनारले जानकारी दिने वताए ।

हरेक वर्ष लेखापरिक्षकहरुको सीप तथा क्षमताको विकास र लेखापरिक्षकहरुका विचमा कार्यएकरुपता ल्याउनका लागि सेमिनारको आयोजना गरिदै आएको नेपाल अडिटर्स एशोसियसन जिल्ला शाखा दाङ्गका अध्यक्ष रमेश केसीले वताए । सेमिनारमा प्रशिक्षक सिए छविलाल पोख्रेल र विनोद न्यौपानेले लेखापरिक्षण सम्वन्धि विभिन्न विषयमा प्रशिक्षण् दिका थिए ।