इन्द्रेणी संवाददाता
काठमाडौं, ४ फागुन। केपी शमौ ओली प्रधानमन्त्री भएपछि आज नै शेरबहादुर देउवाले सरकारी निवास बालुवाटार छोड्ने तयारी गरिरहेका छन् । स्रोतका अनुसार देउवाले आज दिउँसो १ बजेपछि वालुवाटार छोड्दैछन् ।
बालुवाटारबाट देउवाका धेरैजसो सामान भने बिहीबार नै बुढानिलकण्ठस्थित निजी निवासमा सारिसकेको छ । २०७३ जेठ २३ गते प्रधानमन्त्रीमा निर्वाचित भएपछि देउवा असार ५ गते बालुवाटार सरेका थिए ।