सल्यान १० असार
सल्यानमा पाँचदिने वित्तिय साक्षरता सम्वन्धी प्रशिक्षक प्रशिक्षण तालिम वरलमा शुरु भएको छ । कृषि स्वास्थ्य, वैकल्पिक जिविकोपार्जन प्रवद्र्धन कार्यक्रम पहलको सहयोग तथा दलित विकास समाज (डिडिएस) सल्यानको आयोजनामा तालिम शुरु गरिएको हो ।
तालिममा सल्यान जिल्लाका १० र रुकुम जिल्लाका १० गाविसका २० जना सहजकर्ताहरुको सहभागिता रहेको छ । तालिम पश्चात सहजकर्ताहरुले आ आफनो गाविसमा वित्तिय साक्षरता सम्वन्धी कक्षा सञ्चालन गर्ने डिडिएस सल्यानका अध्यक्ष निम वहादुर नेपालीले जानकारी दिनुभयो ।
डिडिएस सल्यानका अध्यक्ष निम वहादुर नेपालीको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा पहल कार्यक्रमका सल्यान जिल्ला संयोजक गोकर्ण देवकोटाले स्वागत तथा पहल कार्यक्रमको वारेमा जानकारी गराउनुभएको थियो । पाँचदिन सम्म चल्ने तालिको सहजिकरण पहल क्षेत्रिय कार्यालय नेपालगञ्जका वित्तिय सेवा अधिकृत विश्वराज श्रेष्ठले गर्नुहुनेछ ।।
