रबिन्द्र यादव 

नवलपरासी २९  माघ । नवलपरासीको झुलनिपुर – त्रिवेणी सडक खण्डको बैदौलीमा मोटरसाईकल दुर्घटना हुँदा तीनजना घाईते भएका छन् । जिल्लाको प्रतापपुर गाँउपालिकाकाे वडा नं. ५ बैदाैली स्थित मुख्य पश्चिम गण्डक नहरकाे बाटाेमा सांझ करिब साढे छ बजेकाे समयमा विपरित दिशाबाट अाएका दुइ भारतीय प्लेट नम्बर भएका माेटरसाइकल एक अापसमा ठाेक्किदा सो दुर्घटना भएकाे प्रहरीले जनाएकाे छ ।

ghaite

जिल्लाकाे सुस्ता गाउँ पालिका वडा नम्बर २ महलबारीमा सञ्चालन भएको मदारबाबा मेलाबाट फर्किने क्रममा युपी ५६ एच ५६२१ नम्बरको मोटरसाईकल र अर्को विपरित दिशाबाट आउदै गरेको युपी ५६ एस ५२६० नम्बरको मोटरसाईकल एक आपसमा ठाेक्किएकाे स्थानीयले बताएका हुन ।

दुर्घटनामा दुबै मोटरसाइकलका चालक र पछाडी बसेकी एक बृद्ध महिला घाईते भएकी हुन् । घाईते तीनजना मध्ये गम्भीर अवस्थामा रहेका भारत महराजगंज जिल्ला झुलनीपुर घर भएका गृजेश कुर्मीको टाउकोमा गम्भीर चोट लागेको छ । कुर्मीको अवस्था गम्भीर रहेको छ भने अर्को घाइते भएका चालक भारत महाराजगन्ज जिल्ला बेलवा का भिमल यादवको दाहिने खुट्टा फैक्चर भएको छ ।

तिनै जना घाइते एक घण्टा भन्दा बढि समय सम्म बाटोमा छटपटाउदै तडपी रहे तर दुई सय मिटर टाढा मात्र रहेको सशस्त्र प्रहरी बल नेपाल बोर्डर अाउट पौष्ट झुलनिपुरको गाडी उनिहरुलाई अस्पताल सम्म पुर्याउन नसकेपछि स्थानीयहरु सशस्त्र प्रहरी माथि अाक्रोस समेत व्यक्त गरेका थिए । गुठी परसौनी प्रहरी चौकीका असई घनश्याम रिमाल अाएपछि एम्बुलेन्स बोलाए त्यसपछि घाइते सबैलाइ उपचारका लागि चौपत्ता स्थित सहिद स्मृति सामुदायिक अस्पताल उपचारका लागि पठाइयो भनी स्थानीय मोमिन अन्सारीले बताए ।