भरतपुर, २९ माघ । नेकपा माओवादी केन्द्र पर्साका चर्चित युवा नेता रहबर अन्सारी पार्टी अध्यक्ष प्रचण्डलाई भेटन चितवन पुगेका छन । माओवादी केन्द्रमा प्रवेश गर्न चाहने स्थानीयलाई लिएर रहबर अाइतबार बिहान चितवन पुगेका थिए ।

prachanda-rahabar ansari

भेटका अवसरमा नव प्रवेशीहरूले शान्ति र समृद्दीका लागी माओवादी केन्द्रले सही भूमिका खेल्ने बिश्वास बोकेर पार्टी प्रवेश गर्न खोजेको बताएका थिए । अध्यक्ष प्रचण्डले देशको आर्थिक समृद्दीमा ठूलो महत्व राख्ने बीरगंज र पर्सा जिल्लामा युवाहरूको माओवादी केन्द्रप्रतिको आकर्षण बढनु सुखद भएको बताए ।

रहबर-अन्सारी-768x512

प्रचण्डले बलियो संगठन निर्माणको महत्वबारे चर्चा गर्दै आगामी दिनमा देश र जनताको पक्षमा रचनात्मक भूमिका खेल्न सुझाव दीएका थिए । रहबर अन्सारीको पहलमा बीरगंजका व्यवसायी मुकेश अग्रवाल, उज्ज्वल शमशेर, मनोज अर्याललगायत पार्टीमा प्रवेश गरेका थिए ।