तुलसीपुर, २१ माघ । तुलसीपुरमा रहेको तुलसी हस्पिटलले शनिबार गरेको निःशुल्क स्वास्थ्य शिबिरबाट एक हजार बढीले सेवा लिएका छन् । हस्पिटलले तुलसीपुर बोर्डिङ स्कुल प्राङगणमा भएको स्वास्थ्य शिबिरबाट करिब एक हजार १४ जनाले सेवा लिएका हुन् । तुलसीपुरमा विशेषज्ञ सहितका डाक्टरहरुको संलग्नतामा स्वास्थ्य शिविर भएको

swasthya sibir

तुलसी हस्पिटलका सञ्चालक डाक्टर किशोर खत्रीले वताएका छन् । खत्रीका अनुसार सबै भन्दा बढी जनरल फिजिसिएनबाट सेवा प्रदान गरिएको छ । भिडियो एक्सरेबाट एक सय ५२, जनरल फिजिसिएन बाट दुई सय ५०, न्योलोजिष्टबाट एक सय ५०, महिला रोगबाट एक सय ५०, नबजात शिशुबाट एक सय ३५, मुटुरोगबाट ७५, जनरल सर्जरीबाट ५२, दातबाट ५० जनाले सेवा लिएका छन् ।गरिब र सीमान्तकृत परिवारलाई लक्षित गरेर शिबिर सञ्चालन गरिएको हो । स्वास्थ्य परिक्षणका क्रममा मुटुमा प्वाल परेका, क्यान्सर, पत्थरीलगायत केही कडाखालका बिरामी पनि फेला परेको डा. खत्रीले वताए ।

शिविरमा वालरोग विशेषज्ञ डा. किशोर खत्री, नेपाल मेडिकल कलेजका न्युरो सर्जन डा. राजकुमार केसी,नेपालगञ्ज मेडिकल कलेजका नवजात शिशु रोग विशेषज्ञ डाक्टर पियुस कनोडिया, मुत्ररोग विशेषज्ञ डा. दिपेश गुप्ता, रेडियोलोजिष्ट डा. प्रशन्न घिमिरे, डा. नविन उपाध्याय, प्याथोलोजिष्ट डा. प्रज्ञा गौतम, राप्ती अञ्चल अस्पतालका कन्सल्टेन्सी फेमिलि फिजिसियन डा. सर्वेश शर्मा, दिपज्योति हस्पिटलकी महिला रोग विशेषज्ञ डा. अनुपमा शर्मा, जनरल सर्जन डा. सुवोध शर्मा, दाँत तथा मुख डेण्टल सर्जन डा. सुदिप सुवेदीले चेकजाँच गर्ने संयोजक डा. किशोर खत्रीले जानकारी गराएका छन् । डा. खत्रीका अनुसार विहान १० वजेदेखि साँझ ५ वजेसम्म शिबिर सञ्चालन भएको थियो । तुलसी हस्पिटलले यस अगाडि पनि विभिन्न विकट ठाउँमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिसकेको छ ।