रोहित सुवेदी

माघ २० बिजौरी । मदन भण्डारी स्पोर्ट्स एकेडेमी तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९को अध्यक्षमा सरोज गुप्ता सर्वसहमतिमा चयन भएका छन् । मदन भण्डारी स्पोर्ट एकाडेमीका जिल्ला सदस्य राजेश गिरीको अध्यक्षतामा तथा स्पोर्ट्स एकेडेमी प्रदेश न. ५ का कमिटी सदस्य गणेश खड्काको प्रमुख आतिथ्यता तथा प्रदेश कमिटि सदस्य हिरा ओलीको विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

madhan vhandrai ekdmaiभेलाले सरोज गुप्ताको अध्यक्षतामा ११ सदस्यको कमिटी गठन गरिएको छ। जसमा उपाध्यक्ष रामनारायण सुवेदी, सचिव शिवराज रसाइली, सहसचिव अंकिता आर.सी., कोषाध्यक्ष लेखराज घर्ती मगर, खेलकुद विभाग प्रमुख दिपक के.सि, तथा सदस्यहरुमा बिराज लामिछाने, चन्द्र बहादुर खड्का, शिव शर्मा, प्रमोद नेपाली, कृष्ण सुनार, बिजय पुन र मनिषा लामिछाने लगायतका रहेका छन् ।

साथै तु.उ.न.पा. १८ र १९ वडाको इन्चार्जमा तेजेन्द्र विश्वकर्मा सर्वसहमतमा चयन भएका छन् । उक्त कार्यक्रममा वक्ताहरुले खेल क्षेत्रमा खेलाडीहरुलाई खेलमैदान र यस स्पोर्ट्समा आबद्ध हुने सदस्यहरुलाइ स्वास्थ क्षेत्रमा नेपालमा मात्रै नभएर अन्य देशहरूमा पनि ५०प्रतिशत छुटको ब्यवस्था बताइएको छ ।