इन्द्रेणी संवाददाता
तुलसीपुर २१ माघ । नेपाल सस्कृत बिश्व बिद्यालय जनता बिद्यापीठ बिजौरीमा आर्युवेद तेस्रो बर्षका पुरा गरेका बिद्यार्थीहरुलाई बिदाई गरिएको छ । माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी बिद्यापीठ बिजौरी ईकाई कमिटिले शनिबार कार्यक्रम गरी बिद्यार्थीहरुलाई विदाई गरेको हो ।
क्रान्तिकारीका बिद्यापीठ ईकाई कमिटि अध्यक्ष तिर्थराज अधिकारीको अध्यक्षता तथा क्रान्तिकारी दाङका सहसंयोजक सुवास बस्नेतको प्रमुख आतिथ्य एबं बिद्यापीठका कृष्ण रिजालको बिशिष्ट आतिथ्यमा कार्यक्रम भएको हो ।
त्यस अबशरमा प्रमुख अतिथि बस्नेतले विदाई भएर जाने बिद्यार्थीहरुलाई आउदा थप सफलताको शुभकामना ब्यक्त गरे । उनले आर्युवेद शिक्षाको निकै महत्व रहेकाले यसलाई अझ व्यापक बनाएर लैजान उनीहरुलाई सुझाब दिएका थिए ।
त्यस्तै बिशिष्ट अतिथि रिजालले आर्युवेद पद्धतिलाई आम नागरिकलाई जानकारी दिन विद्यार्थीहरुको भुमिका पनि महत्वपुर्ण हुने वताएका थिए । बिद्यार्थी पुष्पा तिवारीले स्वागत मन्तब्य ब्यक्त गरेको कार्यक्रमको सहकजीकरण पुर्बबिद्यार्थी युवराज राईले गरेका थिए ।
