इन्द्रेणी संवाददाता
दाङ, २० माघ । पैचो फुड प्रोडक्सन प्रालिले दाङको घोराहीमा आफ्नो विक्री केन्द्र स्थापना गरेको छ । घोराहीमा रहेको लम्विनी स्टरलाई प्रालिले आफ्नो विक्री केन्द्रका रुपमा स्थापना गरेको हो । सो अवसरमा आज शनिवार घोराहीमा एक कार्यक्रमको आयोजना गरी प्रालिले उत्पादन गर्दै आएका विभिन्न खाद्य वस्तुकाबारेमा जानकारी दिएको छ ।

27718532_10210848855009273_1686898477_nकार्यक्रममा प्रालिका बजार तथा मिडिया निर्देशक शरण कर्मचार्यले तीन वर्ष पहिले गुल्मीको बलेटक्सारमा पहिलो विक्री केन्द्र स्थापना गरेको प्रालिले अहिले विभिन्न दाङसहित ५१ वटा प्रशोधन केन्द्रको स्थापना गर्न सफल भएको जानकारी दिए । उनले विशेष गरी अग्रेनीक खाद्यवस्तु उत्पादन गर्दै आएको र हालसम्म विभिन्न २७ प्रकारका खाद्यवस्तु उत्पादन गर्दै बजारीकरण गर्दै आएको बताए ।

प्रालिले अहिले गुल्मी, पाल्पा, वुटवल, अघाँखाँचीलगायतका जिल्लामा कृषकहरुले उत्पादन गरेको वस्तु लैजाने र त्यसलाई प्रशोधन गरी पुनः उपभौक्तासम्म ल्याउने काम गर्दै आएको छ । घोराहीका विक्री केन्द्रका टिकाराम पन्थको अध्यक्षतामा भएको कार्यक्रममा विक्री केन्द्रको उद्घाटन प्रदेश सभा सदस्य अमर डाँगीले गरेका थिए ।