शंकर के सी
सल्यान, २० माघ । सल्यानका विकट क्षेत्रका महिलामा चेतना अभावले आङखस्ने (पाठेघरको) समस्या बढ्दै गएको छ । खस्ने कारण र यसबाट बच्ने उपायबारे जानकारी नहुँदा समस्या कायम रहेको स्वय स्वास्थ्यकर्मीहरुले स्वीकार गरेका छन् ।

garbhaaसल्यानको कालिमाटी गाउँपालिकाको वडा नम्बर ४ र ५ मा पनि धेरैजसो महिलाहरु पाठेघरको समस्याबाट पिडित भएको पाइएको छ । स्वास्थ्यचौकी काल्चेमा आयोजना गरिएको स्वास्थ्य शिविरमा ५५० जना महिलाले चेकजाँच गराएका थिए । र त्यस उहाँका अनुसार धेरै बच्चा जन्माउने, घरमै सुत्केरी हुने, भारी बोक्ने कारणले पाठेघर खस्ने समस्याबाट महिलाहरु पिडित भएको पाइएको छ ।

गाउँमा पाठेघरको समस्या भएका आमा दिदिबहिनीहरु धेरै भएकाले चेतनामूलक कार्यक्रमललाई प्रभावकारी बनाएर लैजानुपर्ने आवश्यकता रहेको शिविरमा उपचारमा सम्लग्न डाक्टर घना केसीले बताइन् । कालिमाटी गाउँपालिकाको सहयोगमा गाउँ स्वास्थ्य कार्यालयले आयोजना गरेको शिविरमा ७८६ जनाले सेवा लिएका थिए । शिविरमा आउने विरामीहरु मध्ये अधिकांशमा मानसिक समस्या, पेट, छाला सम्बन्धी समस्या देखिएको गाउँ स्वास्थ्य प्रमुख गोरख बहादुर थापाले जानकारी दिए ।

सल्यानमा धेरै महिलाहरुले अप्ठेरो मानेर आफ्नो रोग लुकाउने गरेका छन् । यस्ता रोगी शिविरमा कम आउँछन् । तर पहिलेको तुलनामा भन्दा महिलाको संख्या शिविरमा बढ्दै गएको पाइएको छ ।