दाङ, २० माघ । दाङको घोराही उपमहानगरपालिकाले बाल संरक्षण सम्बन्ीध नीति तर्जुमा गर्न थालेको छ । बाल संरक्षण र अधिकारको क्षेत्रमा काम गर्दै आएका प्रशिक्षकहरुलाई बोलाई उपमहानगरले बाल संरक्षण सम्बन्धी नीति बनाउन लागेको हो ।

DSC_0021[1] (1)उपमहानगर भित्रका बालबालिकाहरुको अबस्था, समस्यालाई खोजी गर्दै नीति बनाउने योजना रहेको उपमहानगरले जनाएको छ । दुईदिने नीति तर्जुमा गोष्ठीको आयोजना गरी बालबालिकाका समस्याको पहिचान र समाधानका लागि नीति बनाउने योजना गरेको छ । शुक्रवारदेखि शुरु भएको गोष्ठीको अध्यक्षता नगरका कार्यबहाक प्रमुख सीता न्यौपानेले गरिन ।

गोष्ठीमा उपप्रमुख सहित सबै वडाका वडा अध्यक्षहरुको सहभागिता रहेको छ । दुई दिने गोष्ठिमा नगर क्षेत्रका बालबालिकाहरुको समस्या, अबस्थाको पहिचान गर्ने र बालमैत्री नगर बनाउन आबस्यक रणनितीहरु तयार पारेर कानुन बनाईने छ । वडा अध्यक्षहरुले आफ्नो वडा क्षेत्रमा बालबालिकाका समस्या र अबस्थाहरुका बारेमा जानकारी गराएका छन् । वडा अध्यक्षहरुले बाल संरक्षण र अधिकारको क्षेत्र कमजोर हुनु अभिभाबकहरुको कमजोरी रहेको बताएका छन् ।

त्यस्तै बालश्रममा लगाईनु, बालबालिकाको मनोबिज्ञान नबुझ्नु, बालबिबाह बढ्नु, कुलतमा लाग्नु, गरिविको मारमा पर्नु, बिद्यालयहरु बालमैत्री नहुनु, पारिवारीक बेमेलका कारण बालबालिका सडक र श्रममा आउनु, शिक्षामा पहुँच नहुनु, जन्मदर्ता समयमै नगराउनु, धेरै बच्चा जन्माउनु जस्ता समस्याहरु उल्लेख भएका छन् । उक्त समस्याहरुलाई समाधान गरि बाल संरक्षण र अधिकारको कार्यान्वय गराउने गरि नितिको खाकामा प्रस्तुत गर्ने र कार्यपालिकामा पेश गर्ने योजना रहेको छ । गोष्ठिको प्रशिक्षकहरुका विकिरण गौतम र दुर्गालाल केसी रहनुभएको छ । उद्घाटन कार्यक्रम निमित्त प्रमुख प्रशासकिय अधिकृत बालकृष्ण खनालको स्वागत मन्तव्यबाट सुरुभएको कार्यक्रमको सहजिकरण सूचना अधिकारी प्रेम केसीले बताए ।