केशरमान बुढाथोकी 

दाङ, २० माघ । नेपाल सरकारले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा संगिता भण्डारीलाई नियुक्त गरेपछि कार्यान्वयन सुरु भएको प्रतिष्ठानले पूर्णता पाएको छ ।

sangita bhandari rapti swasthya bigyan pratisthan

प्रतिष्ठानकी उपकुलपति संगिता भण्डारीको सिफारिसमा प्रतिष्ठानका सहकुलपति तथा स्वास्थ्यमन्त्री दीपक बोहोराले अन्य पदाधिकारीको नियुक्त गरेपछि प्रतिष्ठानले पूर्णता भएको हो । प्रतिष्ठानको डिनमा प्रा. डा. ऋतु शर्मा बराल नियुक्त भएकी छन् । रजिष्ट्रारमा रामप्रसाद प्याकुरेल र रेक्टरमा प्रा. डा. रतन्द्र श्रेष्ठ नियुक्त भएका छन् ।

अस्पतालले पूर्णता पाए संगै सुरुमा अस्पतालको क्षमता बिकास गरेर ३०० सैयामा पुर्याउने लक्ष्य रहेको उपकुलपति भण्डारीले इन्द्रेणी अनलाइनलाई बताइन । क्षमता बिस्तार पछि प्रतिष्ठानले स्वास्थ्य क्षेत्रको एमडीको  कक्षा संचालन गर्ने प्रतिष्ठानको योजना रहेको उपकुलपति भण्डारीको भनाइ छ ।

यस्तै सुरुवाती कामकाज संचालन गर्नका लागि प्रतिष्ठानले राजधानीमा सम्पर्क कार्यालय संचालन गरेपनि नियमित रुपमा प्रतिष्ठानका दैनिक काम संचालनका लागि प्रतिष्ठानले १ हप्ता भित्रै दाङमा पदाधिकारीको कार्यालय र क्वाटर खोज्ने तयारी भएको भण्डारीले बताइन  ।

प्रतिष्ठानअन्तर्गत सञ्चालन हुने अस्पतालको निर्देशक भने नियुक्त गरिएको छैन । ‘दाङमा आवश्यक परामर्शपछि निर्देशकको नियुक्त गरिने छ,’ उपकुलपति प्रा. डा. भण्डारीले इन्द्रेणी अनलाइलाई बताइन ।’