दीपक शर्मा
बर्दिया , १९ माघ । नेपाल भारत सीमा अन्तरर्गत नेपालको बाके र बर्दिया जिल्ला सग जोडिएको भारत उत्तर प्रदेशको बहराइच जिल्लामा भएको सवारी दुर्घटनामा २ जना नेपालीको मृत्यु भएको छ भने अन्य ३ जना घाइते भएका छन ।
भारतको उत्तर प्रदेश राज्यको बहराइच जिल्ला अन्तर्गत रिसीयामा ट्रकको ठक्करबाट रुपैडिहा हुदै लखनउ जादै गरेका भ्यानमा सवार पुर्व प्रहरी निरिक्षक रोशन शाह र नेपालगञ्जका मुनव्बर अलि हल्वाइको घटनास्थल मै मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी संग्राम शाह, अंगुर खडका र इमरान अलि हल्वाइ घाइते भएको र घाइते मध्ये इमरानलाइ थप उपचारका लागी भारतको लखनउ लगीएको छ । गम्भिर घाइते भएका इमरान मृत्यु भएका मुनव्बरका छोरा हुन ।
अन्य घाइते हरुको बहराइचमा नै उपचार भैरहेको बाके प्रहरीले जानकारी दिएको छ । मृतक हल्वाइ गएको मंसीरमा सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा नेपाल संघिय समाजवादी पार्टिका तर्फ बाट बाके क्षेत्र न २ बाट प्रतिनिधि सभाका उम्मेदवार बनेका थिए ।
भातरको रुपैडिहा बाट लखनउ तर्फ जादै गरेको नेपाली सवार युपि ४० एक्स ८६१४ नम्वरको महेन्द्रा गाडि र युपि २१ एन ७०६२ नम्वरको ट्रक सग ठोकिदा सो दुर्घटना भएको भारतिय प्रहरीले जनाएको छ