इन्द्रेणी संवाददाता

काठमाडौं । नक्कली डाक्टर प्रकरणमा एकजना पत्रकार पक्राउ परेका छन । नक्कली धन्दा प्रकरणमा न्यूज २४ टेलिभिजनमा कार्यरत पक्राउ परेको खबर पहिलोपेज डटकमले लेखेको छ ।

20180202_054312

उक्त टिभीका पत्रकार नारायण तिमिल्सिनालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआइबीले पक्राउ गरेको हो ।

सीआइबीले काठमाडौंका विभिन्न अस्पतालमा छापा मारेर नक्कली डाक्टर र सञ्चालक पक्राउ गर्दै आएको छ । त्यस क्रममा चाइना ग्रेटवाल अस्पतालका अध्यक्ष समेत रहेका तिमिल्सिना पनि समातिएका हुन ।

अस्पतालबाट चिनियाँ दुई नक्कली डाक्टरसहित पक्राउ परेका तिमिल्सिनामाथि प्रहरीले अनुसन्धान गरिरहेको बताइएको छ । उनी न्यूज २४ टेलिभिजनमा समाचार वाचकको रुपमा कार्यरत थिए ।