इन्द्रेणी संवाददाता
काठमाडौं , १८ माघ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विशेष दुतको रुपमा विदेशमन्त्री सुष्मा स्वराज काठमाडौं आइपुगेकी छिन । दुई दिने बिशेष भ्रमणमा नेपाल आएकी स्वराजलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अर्थराज्यमन्त्री उदयशम्शेर राणाले स्वागत गरेका छन् ।

विमानस्थलबाट स्वराज सिधै सोल्टी होटल जानेछिन् । उनको सम्मानमा आजै एमालेले रात्रीभोज राखेको छ र, त्यहीँ भेटवार्ता हुनेछ । नयाँ जनमत अनुसार बाम गठबन्धनको सरकार बन्ने तरखर भएकाबेला स्वराजको यो भ्रमणलाई बिशेष चासोका साथ हेरिएको छ ।
मोदीको बिशेष दुतको रुपमा बिशेष संदेश लिएर आएकी स्वराजले राजपा नेताहरुलाई आजै भेट्नेछिन् भने राष्ट्रपति, प्रधानमन्त्री र माओवादी अध्यक्षसँग भोलि भेटवार्ता गर्ने कार्यक्रम तय भएकोछ ।











