काठमाडौं, १८ माघ। नेकपा एमाले र माओवादी केन्द्रका अध्यक्षसहितको एकता संयोजन समितिको बैठक आज वस्दैछ । एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा दिउँसो ३ बजे बैठक बस्ने माओवादी अध्यक्ष पुष्पकमल दाहालको सचिवालयले जानाएको छ ।

kp-prachandआज वस्ने बैठकमा एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबिच ‘वान टु वान’ वार्तामा भएका छलफलबारे जानकारी गराउने संयोजन समितिका समिति सदस्य माओवादी नेता नारायणकाजी श्रेष्ठले बताए ।

एमाले र माओवादीले पछिल्लो समय एकीकृत पार्टीको नेतृत्व र सैद्धान्तिक कार्यदिशा टुंगो लगाउन सकेका छैनन्। एकीकृत पार्टीको नेतृत्व कसले गर्ने भनने विषयमा सहमति जुट्न नसक्दा एकतामा ढिलाइ भएको छ ।