दाङ । राप्ती अञ्चल अस्पताल तुलसीपुरका अधिकृत नीमबहादुर वलीले समाचार संकलनका लागि गएका जनता टेलिभिजनका सम्वाददाता गणेश आचार्यलाई दुव्र्यवहार गरेका छन् ।
योग्यता नपुगेका स्वास्थ्यकर्मी बारे समाचार संकलनका लागि गएका पत्रकार आचार्यलाई वलीले दुर्व्यवहार गरेका हुन् ।
समाचार लेखेर अपस्ताल बिगारेको आरोप लगाउँदै अधिकृत वलीले पत्रकारको क्यामेरा खोसेर कार्यकक्षबाट बाहिर निकालेका थिए ।
राप्ती अञ्चल अस्पतालको एक्सरे बिभागमा योग्यता नपुगेका स्वास्थ्यकर्मी कार्यरत रहेकाे सार्वजनिक भएको थियो । त्यस बारेमा सूचना माग्न जाँदा वलीले दुर्व्यवहार गरेका हुन् ।