इन्द्रेणी संवाददाता
झापा । वैदेशिक रोजगारीका सिलसिलामा मलेशिया गएका एक नेपालीको मलेसियामा मृत्यु भएको छ । जिल्लाको दमक-२ का सुरेन्द्र विष्टको मलेसिया स्थित एयरपोर्टमा माघ १३ गते सुतेको अवस्थामा मृत्यु भएको हो ।
सुतेको अवस्थामा मुखबाट फिँज निकालिरहेको अवस्थामा फेला परेपछि उपचारका लागि अस्पताल लगिएको थियो । उपचारका क्रममा अस्पतालमा विष्टको मृत्यु भएको थियो । तीन वर्षअघि रोजगारीका क्रममा मलेशिया पुगेका विष्टको आज शव ल्याउने तयारी भएरहेको मृतकका पिता हरिभक्तले बताए ।