इन्द्रेणी संवाददाता
दाङ, १७ माघ । घोराहीको मेचीकालि सेकेन्डरी वोडिङ स्कुल १३ वर्षमा प्रवेश गरेको छ । विद्यालयले आज बुधवार एक कार्यक्रमको आयोजना गरी १३ औं वाषिकोत्सव मनाएको छ ।
स्कुल परिषरमा आयोजना गरिएको कार्यक्रमको उद्घाटन प्रमुख अतिथि प्याव्सन दाङका उपाध्यक्ष मधुसुधन केसीले गरेका थिए । विद्यालय सञ्चालक समितिका अध्यक्ष धर्म केसीको अध्यक्षतामा भएको कार्यक्रममा विद्यार्थीहरुले विभिन्न संस्कृतिक प्रस्तुतीहरु देखाएका थिए ।
त्यस्तै कार्यक्रममा वार्षिकोत्सवको अवसरमा आयोजित विभिन्न अनिरिक्त क्रियाकलापमा विजयी भएका विद्यार्थी र गएको वर्षको वार्षिक परीक्षामा प्रथम, द्धितीय र तृतीय भएका छात्र÷छात्राहरुलाई पुरस्कार वितरण गरिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि, विशिष्ठ अतिथि नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासन, अतिथि, अभिभावकलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । शिक्षक नारायणप्रसाद घिमिरेको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण इञ्चार्ज नवराज खत्रीले गरेका थिए ।












