इन्द्रेणी संवाददाता
काठमाडौं, १७ माघ । अधिवक्ता डा. सुरेन्द्र भण्डारीले प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीले ज्यान मार्ने धम्की दिएको भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंमा निवेदन दिएका छन् ।
डा. गोविन्द केसीको मुद्दाको विषयलाई लिएर प्रधानन्यायाधीश पराजुलीले ज्यान मार्ने धम्की दिएको भन्दै भण्डारीले निवेदन दिएका हुन् । अधिवक्ता भण्डारीले सुरक्षाको माग गर्दै जिल्ला प्रशासनमा उजुरी दिएका हुन् । यसअघि डा. केसीले प्रधानन्यायधिश पराजुलीको शैक्षिक प्रमानपत्र र नागरिकता विवादलाई आधार बनाएर अन्सन वस्न थालेपछि डा. केसीलाई प्रहरीले अपहेलना मुद्दामा पक्राउ गरेको थियो ।











